काठमाडौं । सिम्रिक एयरका अध्यक्ष रामेश्वर थापालाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जरिवाना तिराउने निर्णय गरेको छ।
प्राधिकरणको काममा बाधा पुर्याएको तथा स्पष्टीकरण पत्रको समेत अवज्ञा गरेको भन्दै प्राधिकरणले १० हजार रुपैयाँ जरिवना तिराउने निर्णय गरेको हो ।
दुर्गम भेगमा प्रतिकुल मौसमको कारणले हुने हवाइ दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्राधिकरणले असार २७ गते र साउन १४ गते लागू गरेको विभिन्न सुरक्षा निर्देशनहरुको विरुद्धमा गलत प्रचार गरेको दाबी गर्दै प्रधिकरणले स्पष्टीकरण सोधेको थियो । तर, ७ दिने स्पष्टीकरढण समेत समायावधिभित्र पेश नगरेर आदेश तथा निर्देशनको अवज्ञा गरेको प्राधिकरणको ठहर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ भदौ २०८०, १९ : ५३
लेखकबाट थप