काठमाडौ । सर्वोच्च अदालतमा आज (सोमवार)देखि पेसी तारिख ‘अटोमेसन’मा तोकिने भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आजदेखि पेसी तारेख अटोमेसनको शुरूआत गर्न लागेको जानकारी दिए । अब अदालतमा मुद्दा परेपछि सेवाग्राहीले ‘सिस्टम’भित्रैबाट तारिख पाउनेछन् ।
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चमा आबद्ध सञ्चारकर्मीहरूसँग आइतवार भएको भेटमा प्रधानन्यायाधीश श्रेष्ठले पूर्णरूपमा प्रविधिमैत्री भएर अगाडि बढ्न लागेको जानकारी दिएका थिए ।
'पेसी व्यवस्थापनमा मानवीय हस्तक्षेप नहुने प्रविधि (अटोमेसन) शुक्रवारदेखी नै शुभारम्भ गर्दैछौं,' प्रधानन्यायाधीश श्रेष्ठले भने, 'सानातिना व्यवस्थापकीय कार्यबाट पनि अनियमिततालाई छेक्ने, अनियमितता हुन नदिने काम हुनसक्छ ।'
साथै उनले न्यायाधीश नियुक्ति प्रक्रिया शुरू गरिसकेको पनि बताएका थिए । न्यायाधीश नियुक्ति नगरी नहुने भएकाले त्यसका लागि प्रक्रिया शुरू गरिसकेको उनको भनाइ थियो । सर्वोच्च, उच्च र जिल्ला अदालतमा गरी १०१ न्यायाधीशको पद रिक्त छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ भदौ २०८०, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् पुनः स्थापनाका लागि एमाले सर्वोच्च जाने
मधेशका पाँच सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चको आदेश
मधेश सरकार गठनविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित रिट दायरका लागि सर्वोच्चमा
सर्वोच्च र काठमाडौँ जिल्ला अदालतद्वारा प्रहरीमा जाहेरी दर्ता
आज सर्वोच्चमा राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्धको रिटमा सुनुवाइ