काठमाडौ । सर्वोच्च अदालतमा आज (सोमवार)देखि पेसी तारिख ‘अटोमेसन’मा तोकिने भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आजदेखि पेसी तारेख अटोमेसनको शुरूआत गर्न लागेको जानकारी दिए । अब अदालतमा मुद्दा परेपछि सेवाग्राहीले ‘सिस्टम’भित्रैबाट तारिख पाउनेछन् ।
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चमा आबद्ध सञ्चारकर्मीहरूसँग आइतवार भएको भेटमा प्रधानन्यायाधीश श्रेष्ठले पूर्णरूपमा प्रविधिमैत्री भएर अगाडि बढ्न लागेको जानकारी दिएका थिए ।
'पेसी व्यवस्थापनमा मानवीय हस्तक्षेप नहुने प्रविधि (अटोमेसन) शुक्रवारदेखी नै शुभारम्भ गर्दैछौं,' प्रधानन्यायाधीश श्रेष्ठले भने, 'सानातिना व्यवस्थापकीय कार्यबाट पनि अनियमिततालाई छेक्ने, अनियमितता हुन नदिने काम हुनसक्छ ।'
साथै उनले न्यायाधीश नियुक्ति प्रक्रिया शुरू गरिसकेको पनि बताएका थिए । न्यायाधीश नियुक्ति नगरी नहुने भएकाले त्यसका लागि प्रक्रिया शुरू गरिसकेको उनको भनाइ थियो । सर्वोच्च, उच्च र जिल्ला अदालतमा गरी १०१ न्यायाधीशको पद रिक्त छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ भदौ २०८०, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पद यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
दुर्गा प्रसाईँलाई कारबाही गर्ने आयोगको फाइल मगाउन सर्वोच्चको आदेश
जापान लक्षित भाषा परीक्षणसम्बन्धी रिट निवेदन सर्वोच्चबाट अस्वीकृत
काँग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम किन भयो स्थगित ?
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित