सर्वोच्चको न्यायाधीशमा विनोद शर्मा पौडेल सिफारिस

सफल खबर संवाददाता

आइतबार, १० भदौ २०८०, २१ : ३५
सर्वोच्चको न्यायाधीशमा विनोद शर्मा पौडेल सिफारिस

काठमाडौँ । विनोद शर्मा पौडेललाई न्यायाधीशमा सिफारिस गरिएको छ । न्यायपरिषदले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । 

गतवर्ष भदौमा पनि उनको नाम सिफारिस भएपनि संसदीय सुनुवाइ हुन नसकेका कारण न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थिएन । तर आइतबार बसेको न्यायपरिषद बैठकले उनलाई पुनः न्यायाधीशमा सिफारिस गरेको न्यायपरिषदले जनाएको छ । 

गतवर्ष सर्वोच्च अदालतमा सिफारिस भएदेखि नै शर्मा सर्वोच्च अदालतमै काजमा छन् ।

प्रतिक्रिया दिनुहोस