एमालेका ऋषिकेश पोखरेल र किरण शाहद्वारा उम्मेदवारी दर्ता

सफल खबर संवाददाता

आइतबार, १० भदौ २०८०, १४ : २८
एमालेका ऋषिकेश पोखरेल र किरण शाहद्वारा उम्मेदवारी दर्ता

काठमाडौं। नेकपा एमालेले दुई वटा संसदीय समितिका सभापतिमा उम्मेदवारी दर्ता गराएको छ ।एमालेका तर्फबाट सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समिति सभापतिमा किरण शाहले उम्मेदवारी दर्ता गराएका सचेतक महेश बर्तौलाले जानकारी दिए ।

 

प्रतिनिधिसभाअन्तर्गत् १० वटा विषयगत समितिको सभापति पदका लागि भोलि हुने निर्वाचनका लागि आज बिहान ११ देखि अपरान्ह ४ बजेसम्मका लागि उम्मेदवारी मनोनयन दर्ता गराउने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस