काठमाडौँ । धार्मिक साम्प्रदायिक हिंसा भड्किन सक्ने भन्दै स्थानीय प्रशासन (सुनसरी) ले धरान उपमहानगर क्षेत्रमा जारी गरेको निषेधाज्ञा हटाएको छ। धरानका २० वटै वडामा शुक्रबार १२ रातिदेखि २४ घण्टाका लागि निषेधाज्ञा लागू गरिएको थियो। स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा हटेसँगै बिहानै बाट धरानमा चहलपहल शुरु भएको हो।
साम्प्रदायिक सद्भावना बिग्रियोस् भन्ने उद्देश्यले स्थानीय प्रशासनले शनिबार रातिसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो। जातीय र धार्मिक विवाद बढ्दै गएपछि सम्भावित हिंसा रोक्न धरानमा निषेधाज्ञा सँगै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।
धरान प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका १ मा पर्ने झण्डा चोकदेखि धरानतर्फको क्षेत्र, पश्चिम दक्षिण रामधुनीनगर ६ बाट बराह क्षेत्र ३ नडाहा चोकदेखि धरानतर्फ, इटहरी उपमहानर २० तरहरा पानी पियादेखि उत्तर धरानतर्फ, धरान ५ प्रवेश गर्ने पूर्वी केराबारी बाट धरानतर्फ र धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० भदौ २०८०, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धरानका प्रमुख राजनीतिक दलहरूले प्रचण्डलाई बुझाए ज्ञापनपत्र
धरानमा मेयर र उपमेयरका समर्थकबीच झडप
चाडपर्वलाई लक्षित गर्दै धरानमा तालिम प्राप्त कुकुरसहित चेकजाँच सुरु