आपसी सद्भावको वातावरण बनाउन तीन तहको सरकार मिल्नुपर्छ : उपप्रधानमन्त्री खड्का

सफल खबर संवाददाता

शुक्रबार, ०८ भदौ २०८०, १६ : ४५
आपसी सद्भावको वातावरण बनाउन तीन तहको सरकार मिल्नुपर्छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले देशमा सामाजिक सद्भाव खल्बल्याउन खोजिएको भन्दै सचेत हुनुपर्ने बताएका छन् ।

शुक्रबार चाँगुनारायण नगरपालिका ५ नम्बर वडा कार्यालय र छालिङ्ग स्वास्थ्य चौकीको नवनिर्मित भवनहरुको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सामाजिक सद्भाव खल्बल्याएर जनतामा निराशा उत्पन्न गर्ने प्रवृत्ति देखा पर्न थालेको बताएका हुन् ।

उनले सद्भाव खल्बल्याउने गतिविधिलाई प्रश्रय दिन थालिएको भन्दै यसप्रति सबै तहका सरकार, राजनीतिक दलहरु र आम नेपाली जनता सचेत हुनुपर्ने बताए । उनले आपसी एकता र सामाजिक सद्भावले नै देशको विकास निर्माणलाई अगाडी बढाउने कुराको सन्देश बोकेर देशभर अभियान चलाउनुपर्ने आवश्यकता रहेको बताए ।