घट्न थाल्यो गोलभेडाको मूल्य, यस्तो छ तरकारीको मूल्यसूची

सफल खबर संवाददाता

बुधबार, ०६ भदौ २०८०, १२ : ३०
घट्न थाल्यो गोलभेडाको मूल्य, यस्तो छ तरकारीको मूल्यसूची

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेडाको मूल्य घट्न थालेको छ । समितिको वेभसाइटमा राखिएको मूल्य सूचीअनुसार पछिल्लो केही दिनमा गोलभेडाको मूल्य निरन्तर घटिरहेको हो ।

आज कालिमाटीमा ठूलो नेपाली गोलभेडाको थोक मूल्य प्रतिकिलो १२० रुपैयाँ छ । यस्तै, ठूलो भारतीय गोलभेडाको मूल्य प्रतिकिलो १४० रुपैयाँ र सानो लोकल गोलभेडाको थोक मूल्य प्रतिकिलो ५५ रुपैयाँ छ ।

हिजो मंगलबार ठूलो नेपाली गोलभेडाको थोक मूल्य प्रतिकिलो १२० रुपैयाँ र ठूलो भारतीय गोलभेडाको मूल्य प्रतिकिलो १५० रुपैयाँ छ । यसबाहेक, सानो गोलभेडा लोकलको थोक मूल्य ७९ रुपैयाँ प्रतिकिलो थियो ।यसबाहेक, आज रातो आलुको मूल्य प्रतिकिलो ५१ रुपैयाँ, बन्दा ४१ रुपैयाँ प्रतिकिलो, गाजरको थोक मूल्य ११६ रुपैयाँ प्रतिकिलो काउली प्रतिकिलो ८६ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस