इटलीमा गर्मी बढ्दै : ४० डिग्री सेल्सियस तापक्रम पुग्ने चेतावनी

सफल खबर संवाददाता

बुधबार, ०६ भदौ २०८०, १२ : ००
इटलीमा गर्मी बढ्दै : ४० डिग्री सेल्सियस तापक्रम पुग्ने चेतावनी

इटाली। इटलीका २७ ठूला शहरमध्ये १७ शहरमा गर्मीको नयाँ रेकर्ड कायम भएको छ । उक्त शहरमा यस वर्षकै तेस्रो धेरै गर्मीको रेकर्ड कायम भएको हो । इटालीमा दुई वर्षयता गर्मीका कारण जनजीवन प्रभावित बनिरहेको बताइएको छ ।

गत जुलाइमा २७ शहरमध्ये २० वटा शहरमा गर्मीको नयाँ रेकर्ड कायम भएको थियो । आजसम्म बोलोग्ना, फ्लोरेन्स, मिलान, नेपल्स, रोम र टुरिनमा अत्याधिक गर्मी हुने बताइएको छ ।साथै सोमवारसम्म एक दर्जन बढी शहरलाई रेड अलर्टमा राखिएको थियो ।

देशका मध्य र दक्षिणी भागका शहरको तापक्रम आगामी दिनमा ४० डिग्रि सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । जुन महिना यता यो ते्रो पटक यति धेरै तापक्रम बढेको हो ।इटलीको मुख्य कृषि युनियन कोल्डिरेट्टीले सोमवार यो वर्ष इटलीमा अझै गर्मी बढ्ने चेतावनी दिएको थियो ।

सन् २०२२ मा भने यो भन्दा धेरै गर्मीको लहरहरु चलेको थियो । तर यस वर्षका गर्मीका लहरहरु छोटो समयका लागि मात्रै छन् । गत जुलाइ महिनामा इटलीमा इतिहासकै सबैभन्दा बढी गर्मी भएको थियो ।

प्रतिक्रिया दिनुहोस