बैंकक । तीन महिना लामो राजनीतिक गतिरोधलाई अन्त्य गर्दै थाइल्याण्डको संसद्ले रियल स्टेट टाइकून श्रेट्टहा थाभिसिनलाई देशको नयाँ प्रधानमन्त्री चयन गरेको छ ।६० वर्षीय थाभिसिनलाई फिउ थाई पार्टीले प्रधानमन्त्रीको एक्लो उम्मेदवारको रूपमा अघि सारेको थियो ।
उनले ७४७ मध्ये ४८२ मत प्राप्त गर्न सफल भएका थिए । रोचक कुरा, फिउ थाईका संस्थापक तथा पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षपछि देश फर्किएकै दिन यो निर्वाचन भएको थियो ।थाभिसिनले पदबहाली गर्न अघि अझै पनि राजा महा भाजिरिलोङकोर्नले अनुमोदन गर्न बाँकी रहेको छ ।
निर्वाचित भएपछि उनले देशको ३० औँ प्रधानमन्त्री बन्न पाएकोमा गौरवान्वित महसुस भइरहेको बताए । उनले मतदानमा सहभागी सबैलाई धन्यवाद दिँदै देश र जनताको जीवनस्तर उकास्न काम गर्ने जिकिर गरे ।व्यवसायमा सफल थाभिसिन राजनीतिमा भने नयाँ हुन् ।
उनी सन् २०२२ मा फिउ थाई पार्टीमा आबद्ध भएका हुन् । गत मेमा भएको निर्वाचन अघि उनलाई पार्टीबाट प्रधानमन्त्रीका तीन उम्मेदवारमध्ये एकका रूपमा प्रस्तुत गरिएको थियो । निर्वाचनमा सुधारवादी पार्टी मुभ फरवार्ड पहिलो बने पनि थाइल्याण्डको राजतन्त्रबारेको कानुन परिवर्तन गर्ने बताएपछि संसद्ले पार्टीका नेतालाई प्रधानमन्त्री बन्नबाट रोकेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ भदौ २०८०, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता