बैंकक । तीन महिना लामो राजनीतिक गतिरोधलाई अन्त्य गर्दै थाइल्याण्डको संसद्ले रियल स्टेट टाइकून श्रेट्टहा थाभिसिनलाई देशको नयाँ प्रधानमन्त्री चयन गरेको छ ।६० वर्षीय थाभिसिनलाई फिउ थाई पार्टीले प्रधानमन्त्रीको एक्लो उम्मेदवारको रूपमा अघि सारेको थियो ।
उनले ७४७ मध्ये ४८२ मत प्राप्त गर्न सफल भएका थिए । रोचक कुरा, फिउ थाईका संस्थापक तथा पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षपछि देश फर्किएकै दिन यो निर्वाचन भएको थियो ।थाभिसिनले पदबहाली गर्न अघि अझै पनि राजा महा भाजिरिलोङकोर्नले अनुमोदन गर्न बाँकी रहेको छ ।
निर्वाचित भएपछि उनले देशको ३० औँ प्रधानमन्त्री बन्न पाएकोमा गौरवान्वित महसुस भइरहेको बताए । उनले मतदानमा सहभागी सबैलाई धन्यवाद दिँदै देश र जनताको जीवनस्तर उकास्न काम गर्ने जिकिर गरे ।व्यवसायमा सफल थाभिसिन राजनीतिमा भने नयाँ हुन् ।
उनी सन् २०२२ मा फिउ थाई पार्टीमा आबद्ध भएका हुन् । गत मेमा भएको निर्वाचन अघि उनलाई पार्टीबाट प्रधानमन्त्रीका तीन उम्मेदवारमध्ये एकका रूपमा प्रस्तुत गरिएको थियो । निर्वाचनमा सुधारवादी पार्टी मुभ फरवार्ड पहिलो बने पनि थाइल्याण्डको राजतन्त्रबारेको कानुन परिवर्तन गर्ने बताएपछि संसद्ले पार्टीका नेतालाई प्रधानमन्त्री बन्नबाट रोकेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ भदौ २०८०, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपालाई भुटानका प्रधानमन्त्रीको बधाई: दुई देशको मित्रता अझ प्रगाढ बन्ने आशा छ
निर्वाचन सफल भएकोमा बङ्गलादेशका प्रधानमन्त्री रहमानले दिए नेपाललाई बधाई
प्रधानमन्त्री कार्कीले धापासी पुगेर गरिन् मतदान
निर्वाचनअघि प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
प्रधानमन्त्रीद्वारा गण्डकी प्रदेशमा निर्वाचन तयारीको स्थलगत अनुगमन