सुन तस्करी प्रकरण : मस्यौदा समितिले गर्‍यो ड्राफ्ट तयार

सफल खबर संवाददाता

मंगलबार, ०५ भदौ २०८०, १३ : ५५
सुन तस्करी प्रकरण : मस्यौदा समितिले गर्‍यो ड्राफ्ट तयार

काठमाडौँ । सुन तस्करी प्रकरण मस्यौदा समितिले ड्राफ्ट तयार पारेको  छ । मंगलबार दिउँसो १२ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मस्यौदा समितिको बैठकले ड्राफ्ट तयार पारेको हो । 

दिउँसो २ बजे बस्ने शीर्ष नेताहरुको बैठकले उक्त ड्राफ्टलाई अन्तिमरूप दिने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।सुन तस्करी प्रकरणको छानबिन गर्न आयोग बनाउने र त्यतिसम्म सीआईबीले छानबिन सक्ने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । 

सोमबार बसेको प्रमुख राजनीतिक दलको शीर्ष नेताहरूको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन सहमति भएको थिए । बैठकले छानबिन समितिको कार्यादेश र संरचनाको ड्राफ्ट बनाउने जिम्मा एमालेका सुवास नेम्वाङ, कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डेलाई दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस