एजेन्सी । प्यालेस्टाइनका बन्दुकधारीको कब्जामा रहेको वेस्ट बैंक शहरमा आक्रमणमा परी एक इजरायली महिलाको मृत्यु भएको छ । सोमवार साँझ एक प्यालेस्टाइनका बन्दुकधारीले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको हो भने अर्का एक व्यक्ति गम्भीर घाईते भएको इजरायली सेनाले जनाएको हो । सेनाका अनुसार बन्दुकधारीले हेबोनको वेस्ट बैंक शहरको दक्षिणमा रहेको बेइट हागाईको यहुदी बस्ती बाहिर कारमा रहेका दम्पतीलाई गोली हान्दा महिलाको मृत्यु भएको र पुरुष भने गम्भीर घाइते भएका छन् । एक ६ वर्षीय बालिका पनि कारमा रहेको तर उनलाई कुनै चोटपटक नलागेको बताइएको छ । सेनाले गोली हानी हत्या गर्ने व्यक्तिको खोजी गरिरहेको र सो क्षेत्रका सीमा बन्द गरिएको जनाएको छ ।
यो घटना वेस्ट बैंकमा इजरायली र प्यालेस्टाइन नागरिकबीच बढीरहेको तनावका कारण भएको हो । गत शनिवार प्यालेस्टाइनको शहर हवारा नजिक एक कार वासमा इजराइली नागरिक बुबा र छोराको गोली हानेर हत्या भएको थियो । इजरायल र प्यालेस्टाइनबीच पछिल्लो समय द्वन्द्व भड्किरहेको छ । सो घटनापछि प्यालेस्टाइन र इजरायलको वेस्ट बैंक सीमानामा आन्दोलन भइरहेको छ । जसमा १२ जना प्यालेस्टाइनी सैनिक घाइते भएका छन् भने ।
जनवरीदेखि अहिलेसम्म प्यालेस्टाइनी नागरिकद्वारा भएको आक्रमणमा परी ३३ इजरायली नागरिकको मृत्यु भएको छ । त्यस्तै सोही अवधिमा २ सय बढी प्यालेस्टाइनी नागरिक इजरायलीद्वारा मारिएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०५ भदौ २०८०, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री राणाले लिइन् जानकारी
शनिबार बिहानको आक्रमणमा इजरायलमा दुई जनाको मृत्यु
इजरायली आक्रमणबाट ७८ जना इरानीको मृत्यु, तीन सय बढी घाइते
हमासका गाजा प्रमुख मारिएको इजरायलको दाबी
विद्यालयको सेल्टरमा इजरायलले आक्रमण गर्दा ५४ जनाको मृत्यु
सरकार हिंसात्मक भएपछि इजरायलमा विरोध