काठमाडौं । नेपाली कांग्रेसले भदौ १० देखि २४ सम्म सञ्चालन गर्ने भनिएको जनतासँग कांग्रेस अभियान स्थगित गरेको छ ।पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठक जनतसँग कांग्रेस अभियान स्थगित गरेको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले रातोपाटीलाई भने, 'जनतासँग कांग्रेस अभियानमा जनप्रतिनिधि पनि सहभागी हुनुपर्छ । संसद् चलिरहेको छ । अर्कातिर बर्खामा कार्यक्रम गर्न पनि सहज छैन भनेर केही समयका लागि भदौ १० देखि २४ सम्मको अभियान तत्कालका लागि स्थगित गरिएको छ ।' उक्त अभियानका अर्को मिति आगामी दिनमा बस्ने बैठकबाट तय हुने उनको भनाइ छ ।
पौडेलका अनुसार पदाधिकारीबीच भएको छलफलमा २० देखि ३० साउनसम्म भएको पार्टी सङ्गठन सुदृढीकरण अभियानको समीक्षा भएको थियो । अभियानले कांग्रेसलाई गतिशील बनाउने छलफलको निष्कर्ष रहेका उनले बताए । पार्टी भ्रातृ संस्थालाई सङ्गठन विस्तारका लागि व्यापक परिचालन गर्नेबारे पनि पदाधिकारी बैठकले निर्णय गरेको छ । पदाधिकारीको छलफल राष्ट्रिय राजनीतिभन्दा पार्टीको आन्तरिक विषयमै केन्द्रित भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ भदौ २०८०, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल