काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष माधव कुमार नेपालले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
नेकपा एसको आजबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले एमालेसँग विद्रोहको औचित्य पुष्टि भएको आफ्नो राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।
उनले विद्रोहबाट प्रतिगमन परास्त भएको दाबी समेत गरेका छन् । ‘प्रतिगमन परास्त गरिएको छ । संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा भएको छ । प्रतिनिधि सभा पुनर्स्थापित भएर पूर्ण कार्यकाल क्रियाशील रहेको छ । हामीले विद्रोह नगरेको भए यी काम हुने थिएनन् । यसअर्थमा हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ’अध्यक्ष नेपालले विद्रोहको औचित्य पुष्टि भएको दाबी गर्दै भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ भदौ २०८०, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार