ग्लोबल आइएमई र बीओकेले सुरु गरे एकीकृत कारोबार

सफल खबर संवाददाता

मंगलबार, ०५ भदौ २०८०, १० : ५६
ग्लोबल आइएमई र बीओकेले सुरु गरे एकीकृत कारोबार

काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल र बीओके क्यापिटल मार्केटले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् । ग्लोबल आईएमई बैङ्क र बीओके आपसमा मर्ज भएर एकीकृत कारोबार सुरु गरेपछि दुई क्यापिटलले समेत एकीकृत कारोबार सुरु गरेका हुन् ।

ग्लोबल आइएमई बैङ्क लिमिटेड र बैङ्क अफ काठमाण्डू मर्ज भई २०७९ पुस २५ गतेदेखि ग्लोबल आइएमई बैङ्कको नामबाट एकीकृत कारोबार शुरु गरेका थिए । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले क्यापिटलको एकीकृत कारोबारको औपचारिक रूपमा शुभारम्भ गरे ।

हमालले मर्चेन्ट बैंकर कम्पनीले निष्कासन तथा बिक्री प्रबन्ध तथा प्रत्याभूतिकर्ताको रूपमा कार्य गर्दा संस्थागत दायित्व समेत बहन गर्दै थप वित्तीय विश्लेषणको आवश्यकता रहेको बताए । उनले बजारको स्थायित्व र विकासमा समेत मर्चेन्ट बैंकरको अहम् भूमिका हुने समेत बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरपछि पूँजीका आधारमा दोस्रो ठुलो कम्पनीको रूपमा स्थापित भएको बताए । अब सोही अनुरुप सेवाको गुणस्तर कायम गरी नियामयकी निकायको निर्देशन पालना गर्दै अगाडि बढ्न सुझाव दिए ।ढकालले नियामयकी निकाय नेपाल धितोपत्र बोर्डलाई मर्चेन्ट बैंकरहरुले हाल गर्दै आएका कामको दायरा विस्तार र आधुनिकीकरणका लागि पहल गर्न ध्यानाकर्षण समेत गराए ।

प्रतिक्रिया दिनुहोस