सेयर बजारमा दोहोरो अंकको गिरावट, १ अर्ब ४० करोडको कारोबार

सफल खबर संवाददाता

सोमबार, ०४ भदौ २०८०, १५ : ३८
सेयर बजारमा दोहोरो अंकको गिरावट, १ अर्ब ४० करोडको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट हुँदा २ हजारको विन्दुबाट तल झरेको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से १२.९३ अंकले गिरावट हुँदा १९९८.२८ को विन्दुमा बन्द भएको छ ।

नेप्से २ महिनापछि २ हजारको विन्दुबाट तल झरेको हो । यसअघि २९ जेठमा १९८६.४४ को विन्दुमा बन्द भएको नेप्से ४ भदौ सोमबार २०० को विन्दुबाट तल झरेको छ । यसबीचमा नेप्से ७ साउनमा २२२७.१६ को बिन्दुसम्म पुगेको ओरोला लागेको हो ।

मौद्रिक नीतिमा राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार पुनरवलोकन गर्ने बताएपनि ५० लाखसममको मात्रै जोखिम भार घटेपनि निराश बनेका लगानीकर्ताल १ भदौदेखि लागु हुने निक्षेपको ब्याजदर बैंकहरुले थप वृद्धि गरेपछि थप निराश बन्दा नेप्से घटेको हो ।

सोमबार नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक १.४० प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक १.३३ प्रतिशत, व्यापार उपसूचक १.१७ प्रतिशत र उत्पादनमूलक उपसूचक १.०७ प्रतिशतले गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक ०.३५ प्रतिशतले गिरावट भएको हो ।

नेप्सेसँगै कारोबार रकम पनि लगातार घट्दै गएको छ । सोमबार लगातार दोस्रो कारोबार दिन पनि कारोबार रकम डेढ अर्बबाट तल झरेको छ । २ अर्ब माथिको कारोबार भइरहेको बजारमा गत बुधबारदेखि कारोबार रकम १ अर्बमा झरेको छ । लगातार २ अर्ब माथिको कारोबार भएको बजारमा गत बुधबारदेखि कारोबार २ अर्बभन्दा तल झरेको थियो । गत बुधबार १ अर्ब ६७ करोड र बिहीबार १ अर्ब ५२ करोडको कारोबार भएको बजारमा आइतबार कारोबार रकम घटेर १ अर्ब ४४ करोड ७४ लाख रुपैयाँमा झरेको थियो । सोमबार थप घटेर १ अर्ब ४० करोड ९० लाखमा झरेको छ । सोमबार नेप्सेमा कुल ३९ हजार ४२५ वटा कारोबारमा ४१ लाख ६३ हजार ८७२ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस