काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज सोमबार विश्वासको मत दिने सम्भावना टरेको बताएका छन् । थापाले आइतबार विश्वासको मत लिने प्रस्ताव गरेका थिए, तर उपसभामुख सृजना दनुवारले ४ गते १ बजेका लागि समय तोकिन् ।
तर प्रदेशसभाको बैठक बस्ने दिन उपसभामुख दनुवार उपचारका लागि काठमाडौंमा हिँडिन् । प्रदेशसभाका जेष्ठ सदस्य रहेका एमालेका ७ र राप्रपाका एक जनाले बैठकमा उपस्थित नहुने जानकारी गराएका छन् ।
अहिले केहीबेर कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । तर आज विश्वासको मत दिने सम्भावना नरहेको मुख्यमन्त्री थापले बताए । सत्तारुढ दलका नेताहरुसँग भएको छलफलपछि थापाले भने, ‘आज विश्वासको मत लिने सम्भावना देखिएन । सरसल्लाह गरेर अर्को दिन निश्चित गर्छौं ।’
उनले आफैंले तोकेको बैठकमा उपसभामुख अनुपस्थित हुनु गलत भएको समेत बताए । एमालेको निर्देशनमा उपसभामुख चलेको हो भन्ने प्रश्नमा उनले भने, म त्यो आरोप त लगाउँदिन । तर आफैंले तोकेको बैठकमा उपस्थित नहुनु सरासर गलत हो, उहाँले संसदीय परम्परालाई तोड्ने काम गर्नु भएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ भदौ २०८०, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशसभाबाट आठ अध्यादेश सर्वसम्मतिले पारित
कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ गतेदेखि हुने
कोशी प्रदेशमा गणतन्त्र दिवस ३ दिनसम्म मनाइने
कोशीमा जुन क्षेत्रमा लगानी गरे पनि वातावरण अनुकूल छ : प्रधानमन्त्री ओली
कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु, पौने २ खर्बका ७१ परियोजना सोकेसमा