काठमाडौं। कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत नदिने भएको छ । मुख्यमन्त्री थापाले प्रदेश सभाबाट आज (सोमबार) विश्वासको मत लिँदैछन् ।
राप्रपाका कोशी प्रदेश सभा सदस्य अम्बर बहादुर विष्टले मुख्यमन्त्री थापालाई विश्वासको मत नदिने निर्णय भएको बताए । ‘हामीले विश्वासको मत दिँदैनौं । हाम्रो पार्टीले विश्वासको मत नदिने निर्णय गरिसकेको छ,’– उनले भने ।
कोशीमा राप्रपाले विश्वासको मत नदिएको खण्डमा मुख्यमन्त्री थापालाई सरकार टिकाउन संकट छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ भदौ २०८०, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग
सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील छ: मुख्यमन्त्री कार्की
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशसभाबाट आठ अध्यादेश सर्वसम्मतिले पारित