एजेन्सी । अमेरिकाको मेरिल्याण्ड राज्यमा एक भारतीय दम्पती र उनका ६ वर्षीय छोरा मृत फेला परेका छन् ।
श्रीमति र बच्चाको हत्या गरी श्रीमानले आत्महत्या गरेको आशंका गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले गत शनिबार दिउँसो कर्नाटकका मूलका तीन जनालाई बाल्टिमोर काउन्टीको एउटा घरमा मृत अवस्थामा फेला पारेको र उनीहरुको शरीरमा गोलीको निशान रहेको जनाएको थियो ।
मृत्यु हुनेमा योगेश एच नागराजप्पा (३७), प्रतिभा वाई अमरनाथ (३७) र यश होन्नल (६०) रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा श्रीमान्–श्रीमती र छोरा रहेको प्रहरीको अनुमान छ ।
बाल्टिमोर सन अखबारले बाल्टिमोर काउन्टी प्रहरीका प्रवक्ता एन्थोनी शेल्टनलाई उद्धृत गर्दै भने, ‘प्रारम्भिक अनुसन्धानले नागराजप्पाले दुई जनाको हत्या गरेपछि आत्महत्या गरेको देखाएको छ।’
शेल्टनले भने, ‘तीनजनाको हत्या भएको देखिन्छ। गोलीको चोटका कारण उनीहरुको मृत्यु हुनसक्छ।’
मंगलबार साँझ परिवारका सदस्यलाई अन्तिम पटक जीवित देखिएको भए पनि त्यसपछि उनीहरु नदेखिए पछि शनिवार साँझ प्रहरीले खानतलासी गरेको थियो । मृत्युको कारण भने प्रमुख चिकित्सा अधिकृतको कार्यालयले पोस्टमार्टम गरेपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।
बाल्टिमोर काउन्टीका कार्यकारी जोनी एलेसजेव्स्कीले एक विज्ञप्तिमा भने, ‘यस डरलाग्दो कार्यमा निर्दोष पीडितहरूको क्षतिबाट म गहिरो चोट र दुःखी छु, यस दुखद घटना पछि परिवार र समुदायका सदस्यहरूलाई हामी सक्दो सहयोग गर्नेछौं।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०४ भदौ २०८०, ०९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्रहार गरी दाजुले गरे भाइको हत्या
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण