घट्यो सानो गोलभेडाको मूल्य, यस्तो छ अन्य तरकारीको मूल्यसूची

रासस

आइतबार, ०३ भदौ २०८०, ११ : १८
घट्यो सानो गोलभेडाको मूल्य, यस्तो छ अन्य तरकारीको मूल्यसूची

काठमाडौँ । आज कालिमाटी फलफुल तथा तरकारी बजारमा सानो गोलभेडा (लोकल)को मूल्य घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले हिजो शनिबारको तुलनामा गोलभेडाको मूल्य घटेको जानकारी दिएको हो ।

समितिले आफ्नो वेभसाइटमार्फत आज सानो गोलभेडा (लोकल)को थोक मूल्य प्रतिकिलो ६५ रुपैयाँ रहेको जनाएको छ । हिजो शनिबार यो गोलभेडाको मूल्य प्रतिकिलो ८२ रुपैयाँ थियो । यस्तै, ठूलो गोलभेडाको मूल्य भने प्रतिकिलो ३ रुपैयाँ बढेको छ ।

यससँगै, आज ठूलो गोलभेडाको मूल्य प्रतिकिलो १५० रुपैयाँ पुगेको छ । यस्तै, आज रातो आलुको मूल्य प्रतिकिलो ५१ रुपैयाँ, सुकेको भारतीय प्याजको मूल्य प्रतिकिलो ६१ रुपैयाँ छ ।

यसबाहेक गाजरको मूल्य प्रतिकिलो ११५ रुपैयाँ र बन्दाको मूल्य ४५ रुपैयाँ, काउलीको मूल्य ७५ रुपैयाँ छ । यसबाहेक, सेतो मुलाको ७५ रुपैयाँ छ भने डल्लो भन्टाको थोक मूल्य ६५ रुपैयाँ प्रतितोला छ ।

प्रतिक्रिया दिनुहोस