३७ कम्पनीले पाए ब्रोकर लाइसेन्स

पत्रपत्रिकाबाट

आइतबार, ०३ भदौ २०८०, ०७ : ३४
३७ कम्पनीले पाए ब्रोकर लाइसेन्स

काठमाडौ । थप पाँच वटा कम्पनीले ब्रोकर (धितोपत्र दलाल)  लाइसेन्स  प्राप्त  गरेका  छन्  ।  नेपाल  धितोपत्र  बोर्डले  थप  पाँच  कम्पनीलाई  ब्रोकर  लाइसेन्स दिएको हो ।
बोर्डको  सञ्चालक  समितिको  बैठकको  निर्णय  अनुसार  रोडसो  सेक्युरिटिज,  सजिलो  ब्रोकर  लिमिटेड,  हिमालयन  सेक्युरिटिज,  बेनी सेक्युरिटिज र सनी सेक्युरिटिजलाई ब्रोकर लाइसेन्स दिएको हो ।

बोर्डले  सजिलो  ब्रोकर,  रोडसो  र  बेनी  सेक्युरिटिजलाई सीमित कार्य गर्ने र हिमालयन सेक्युरिटिज र सनी सेक्युरिटिजलाई पूर्ण कार्य गर्ने गरी लाइसेन्स दिएको छ ।

एक  साताअगाडि  मात्रै  बोर्डले  थप  तीन  वटा  कम्पनीलाई  ब्रोकर  (धितोपत्र  दलाल)  लाइसेन्स प्रदान गरेको थियो । बोर्डले जेबिएनएल सेक्युरिटिज,   आरबिबी   सेक्युरिटिज   र   सिबिआइएल सेक्युरिटिजलाई सीमित कार्य गर्ने गरी धितोपत्र दलाल लाइसेन्स दिइसकेको थियो ।बोर्डले  ब्रोकर  लाइसेन्सका  लागि  ४३  कम्पनीलाई  आशयपत्र  प्रदान  गरेको  थियो  । 

जसमध्ये बोर्डले ३७ वटा कम्पनीलाई लाइसेन्स प्रदान  गरिसकेको  छ  भने  अब  छ  कम्पनीले  लाइसेन्स पाउन बाँकी रहेको खबर गोरखापत्रले छापेको छ ।

प्रतिक्रिया दिनुहोस