विनियोजन र स्रोत व्यवस्थापन गर्ने अध्यादेश कोशी प्रदेशसभामा पेस

सफल खबर संवाददाता

शुक्रबार, ०१ भदौ २०८०, १८ : ४३
विनियोजन र स्रोत व्यवस्थापन गर्ने अध्यादेश कोशी प्रदेशसभामा पेस

विराटनगर । कोशी प्रदेशसभामा विनियोजन र स्रोत व्यवस्थापन गर्ने अध्यादेश पेस गरिएको छ । कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशमार्फत आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजन र स्रोत व्यवस्थापनको लागि अध्यादेश ल्याएका थिए । सोही अध्यादेश प्रदेशसभामा पेस गरिएको हो । 

तत्कालीन मुख्यमन्त्री कार्कीले ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट प्रस्तुत गरेका थिए । चालु खर्चतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पुँजीगत खर्चतर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार रुपैयाँ विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस