काठमाडौ । कोशी प्रदेशसभाको बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकका लागि तीनवटा कार्यसूची निर्धारण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसारबाबुराम गौतम सभामुख पदबाटले दिएको राजीनामा पत्रको जानकारी गराउने, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद बिस्तार सम्बन्धी पत्र बाचन गर्ने कार्यसूची छ ।
यस्तै प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ८१ को उपनियम (१) बमोजिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र आर्थिक बर्ष २०८०–८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम बिनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश अस्वीकृत गर्ने सम्बन्धमा परेको सूचनामा छलफल हुने कार्यसूची पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ भदौ २०८०, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
लुम्बिनी प्रदेशसभा बैठक बस्दै
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग
सत्तापक्षका सांसद उपस्थिति नभएपछि मधेस प्रदेशसभा बैठक स्थगित
मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखविरुद्धको महाअभियोगमाथि छलफल
बागमती प्रदेशसभा बैठक बस्दै