रेस्टुरेन्टको मेनुबाट गोलभेँडालाई किन हटाइयो ?

पत्रपत्रिकाबाट

शुक्रबार, ०१ भदौ २०८०, ०७ : २१
रेस्टुरेन्टको मेनुबाट गोलभेँडालाई किन हटाइयो ?

काठमाडौ । भारतमा  रहेका    बर्गर       किङ्ग्सका   रेस्टुराँले   आफ्नो   मेनुबाट   गोलभेँडालाई  हटाएका  छन्  । 

गोलभेँडाको  मूल्य आकासिएपछि मेनुबाट हटाउनु परेको जनाइएको छ ।“गोलभेँडालाई पनि बिदा चाहिएको छ । गोलभेँडाको गुणस्तर र मूल्यमा अनुमान गर्न नसकिने अवस्था सिर्जना भएकाले हामी हाम्रा खानामा गोलभेँडा राख्न नसक्ने अवस्थामा पुगेका  छौँ,”  नयाँ  दिल्लीमा  रहेको  बर्गर  किङ्ग्सको रेस्टुराँले जारी गरेको सूचनामा भनिएको छ । 

सन् २०१४ देखि सेवा दिन थालेको बर्गर किङ्ग्सले भारतीय उपभोक्ताको विरोधपछि बिफको प्रयोग गर्न छाडेको थियो ।म्याकडोनाल्डले  पनि  गत  जुलाईमा  मौसमी कारण’ जनाउँदै गोलभेँडालाई आफ्नो मेनुबाट हटाएको थियो ।

अमेरिकी स्यान्डबिच चेन  सबवेले  पनि  जुलाईमा  ‘गुणस्तर’  को  विषय उठाउँदै गोलभेँडा प्रयोग गर्न छोडेको थियो । 

प्रतिक्रिया दिनुहोस