सन्दीपको मुद्दामा किशोरीकी आमाको जन्ममितिसम्बन्धी कागजात मगाउन आदेश

सफल खबर संवाददाता

विहीबार, ३२ साउन २०८०, १४ : २५
सन्दीपको मुद्दामा किशोरीकी आमाको जन्ममितिसम्बन्धी कागजात मगाउन आदेश

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कारको मुद्दामा अदालतले पीडित किशोरीको आमाको जन्ममितिसम्बन्धी कागजात मगाउने आदेश दिएको छ ।

बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले किशोरीकी आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएको छ ।

कागजातमा किशोरी उनकी आमा ९ वर्षकी हुँदै जन्मिएको देखिन्छ। उक्त विवरण नमिलेको देखिँदा आमाको उमेर एकिन गर्न कागजात मगाइएको हो ।