काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले बुधबार दिउँसो उनीहरूलाई नगद ७२ हजार रूपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो।
यसैगरी काठमाडौं महानगरपालिका-६ कपन सरस्वतीनगरमा जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४५ हजार ४ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ साउन २०८०, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
अनलाइन जुवा खेलाएको आरोपमा ११ जना भारतीय नागरिक पक्राउ
जुवातास खेलेको आरोपमा १२ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ४२ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट ७ जना पक्राउ