काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा बुधबार भएको भेटमा समसामयिक राजनीति र संसद्का गतिरोधकाबारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
उनका अनुसार भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा निराशा बढ्ने र संसदप्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद् गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएका थिए ।
सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन गर्नुपर्ने माग गर्दै नेकपा एमालेले १० साउनदेखि संसद अवरोध गरिरहेको छ । प्रमुख राजनीतिक दलहरुबीच यस विषयमा भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन ।
राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसदमा रहेका सबै दलहरूलाई विश्वासमा वातावरण सिर्जना गरेर अघि बढ्न सुझाव पनि दिएका पनि पोखरेलको भनाइ छ । प्रमुख प्रतिपक्षी दलका नेता ओलीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।
राष्ट्रपति पौडेलले यसअघि २५ साउनमा प्रधानमन्त्री प्रचण्डसँग पनि संसदको गतिरोधका विषयमा छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ साउन २०८०, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ संसद्को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले गरेको सम्बोधनको पुर्णपाठ
जनअपेक्षा अनुरूप शासन सञ्चालन गर्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड
निजी क्षेत्र देशको ‘आर्थिक इन्जिन’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग प्रधानन्यायाधिश सिंहको भेट
जनप्रतिनिधिलाई विकास र सुशासनमा एकताबद्ध भई जिम्मेवारी निर्वाह गर्न राष्ट्रपति पौडेलको आह्वान
राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश