संघीय निजामती सेवा ऐन एक हप्ता भित्र संसदमा दर्ता हुन्छ : उपप्रधानमन्त्री खड्का

सफल खबर संवाददाता

बुधबार, ३१ साउन २०८०, १३ : १७
संघीय निजामती सेवा ऐन एक हप्ता भित्र संसदमा दर्ता हुन्छ : उपप्रधानमन्त्री खड्का

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती सेवा ऐन एक हप्ता भित्र संसदमा दर्ता हुने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार काठमाडौँमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको प्रशिक्षण कार्यक्रम २०८० लाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले ऐनका लाग केही काम बाँकी रहेको बताए । उनले उक्त काम सके लगतै १ हप्ता भित्र ऐन दर्ता हुने बताए ।

उनले भने ‘ यही संसदमा दर्ता हुन्छ । संसदमा छलफल हुन्छ त्यसको लागि पहिला संसद चल्नु पनि पर्छ । त्यसैले सरकारको तर्फबाट १ हप्ता भित्र संसदमा दर्ता हुन्छ । वैधानिक ठाउँको सल्लाह लिने काम बाँकी छ । त्यो काम सकिने बित्तिकै त्यसको एक हप्ता भित्रमा संसदमा दर्ता हुन्छ । औपचारिक रूपमा दर्ता भएको दिन तपाईँहरू सबैले तलब पाउनुहुन्छ । ’

निजामती कर्मचारी ऐन औपचारिक रूपमा दर्ता भएको दिन सबैको पारिश्रमिक दिने उनको भनाइ थियो । उपप्रधानमन्त्री खड्काले मुलुकको अर्थतन्त्रको समस्या साझा भएको भन्दै समाधानका लागि सबै मिलेर लाग्नु पर्ने बताए ।