काठमाडौं । कीर्तिपुर नगरपालिका-३ देवढोकास्थित सार्वजनिक स्थल(पाटी)मा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६९ वर्षीय रामशरण महर्जन समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ६ सय ५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । कास्कीको पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित स्याङ्जा होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय देवी प्रसाद सिलवाल समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ साउन २०८०, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
अनलाइन जुवा खेलाएको आरोपमा ११ जना भारतीय नागरिक पक्राउ
जुवातास खेलेको आरोपमा १२ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ४२ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट ७ जना पक्राउ