दोब्बरले बढ्यो चीनतर्फ निर्यात

पत्रपत्रिकाबाट

बुधबार, ३१ साउन २०८०, ०८ : ००
दोब्बरले बढ्यो चीनतर्फ निर्यात

काठमाडौ । गत  आर्थिक  वर्षमा  चीनमा  निर्यात  व्यापार दोब्बरले बढेको छ ।  कोभिडपछि  सुस्त  रहेको  व्यापार  गत  आवमा आएर पौने दुुई अर्ब रुपियाँको निर्यात भएको होे ।

चीन सरकारले नेपालतर्फबाट जाने सामान  निर्यातका  लागि  बनाएको  प्रोटोकल  सजिलो बनाएकाले पनि निर्यातमा उल्लेख्य वृद्धि भएको हो ।

भन्सार  विभागको  तथ्याङ्क  अनुसार  आव २०७९-८० चीनमा एक अर्ब ७६ करोड ५७ लाख ८६ हजार रुपियाँको सामान निर्यात भएको छ । अघिल्लो  आव  २०७८-८०  मा  ८०  करोड ८७ लाख ५४ हजार रुपियाँको सामान निर्यात भएको थियो ।

कोभिडको प्रभाव कम हुुँदै गएको र चीनले नेपालको व्यापार सहज गरेकाले  पनि  निर्यातमा  वृद्धि  भएको  खबर गोरखापत्रले छापेको छ ।