काठमाडौ । गत आर्थिक वर्षमा चीनमा निर्यात व्यापार दोब्बरले बढेको छ । कोभिडपछि सुस्त रहेको व्यापार गत आवमा आएर पौने दुुई अर्ब रुपियाँको निर्यात भएको होे ।
चीन सरकारले नेपालतर्फबाट जाने सामान निर्यातका लागि बनाएको प्रोटोकल सजिलो बनाएकाले पनि निर्यातमा उल्लेख्य वृद्धि भएको हो ।
भन्सार विभागको तथ्याङ्क अनुसार आव २०७९-८० चीनमा एक अर्ब ७६ करोड ५७ लाख ८६ हजार रुपियाँको सामान निर्यात भएको छ । अघिल्लो आव २०७८-८० मा ८० करोड ८७ लाख ५४ हजार रुपियाँको सामान निर्यात भएको थियो ।
कोभिडको प्रभाव कम हुुँदै गएको र चीनले नेपालको व्यापार सहज गरेकाले पनि निर्यातमा वृद्धि भएको खबर गोरखापत्रले छापेको छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ३१ साउन २०८०, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात
वीरगञ्ज नाकाबाट निर्यात बढ्यो, तीन महिनामा २६ अर्ब बढीको सामान निर्यात
वीरगञ्ज नाकाबाट पहिलो दुई महिनामा १७ अर्बको सामान निर्यात
वीरगञ्ज नाकाबाट हुने आयात र निर्यात दुवै बढ्यो
काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात