वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान निर्यात भएको छ ।
गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ८९ प्रतिशत अर्थात् १८ अर्ब ७९ करोड बढीको निर्यात भएको हो ।
जबकी गत आवको पाँच महिनामा भने २१ अर्ब १८ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा यो नाका हुँदै हुने निर्यातमा उल्लेखनीय वृद्धि भएको बताए ।
चालु आवको पाँच महिनामा २० अर्ब ७६ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको छ ।
त्यस्तै तीन अर्ब सात करोड मूल्य पर्ने फलफूलको जुस निर्यात भयो । दुई अर्ब ८७ करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल, एक अर्ब ९७ करोड मूल्य पर्ने प्रशोधित पाम तेल निर्यात भएको छ । त्यस्तै एक अर्ब ५० करोड मूल्य पर्ने विभिन्न किसिमका कपडाहरु पनि निर्यात भएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० पुस २०८२, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्ज नाकाबाट निर्यात बढ्यो, तीन महिनामा २६ अर्ब बढीको सामान निर्यात
वीरगञ्ज नाकाबाट पहिलो दुई महिनामा १७ अर्बको सामान निर्यात
वीरगञ्ज नाकाबाट हुने आयात र निर्यात दुवै बढ्यो
काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात
वीरगञ्ज नाकाबाट छ महिनामा निर्यात बढ्यो