काठमाडौ । लोकसेवा आयोगले ३६० जना हलुका सवारी चालक पदमा कर्मचारी मागेको छ ।
बुधबार आयोगले प्रकाशित गरेको सूचनाअनुसार तोकिएको योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । सूचनाअनुसार परीक्षाको किसिम प्रयोगात्मक र अन्तरवार्ता हुनेछ । दरखास्तको मिति भदौ १९ देखि भदौ २६ सम्म तोकिएको छ ।
‘उच्च अदालत पाटनको मिति २०७८-६-१३ मा भएको उत्प्रेषण परमादेशको आदेश तथा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७९-३-१४ को निर्णय अनुसार सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) लिई सवारी साधन चलाई रहेका संघ, प्रदेश र स्थानीयतहमा समायोजन भई कार्यरत श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका निजामती कर्मचारीहरुका लागि नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, जनरल मेकानिकल उपसमूहको हलुका सवारी चालक पदमा सेवा, समूह, उपसमूह परिवर्तन गर्न निजामती सेवा ऐन, २०४९ को दफा २६ बमोजिम दरखास्त आह्वान गरिन्छ ।
तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली उकअयलष्लिभज्ञ।उकअ।नयख।लउ मार्फत् आवेदन दिनुपर्नेछ’, आयोगको सूचनामा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ साउन २०८०, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सुरक्षा कोषले माग्यो उप-निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारी
अब सफ्टवेयरबाटै कर्मचारी सरुवा
हायात होटेलले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम तलब दिने
पदोन्नति नहुँदा अध्ययनमै केन्द्रित कर्मचारी
कर्मचारीको अवकाश उमेर बढाउँदा राज्यलाई लाभ
अर्थ मन्त्रालयको सेवासुविधा कटौतीविरुद्ध धितोपत्र बोर्डका कर्मचारी आन्दोलित