४५ कामको सूची बाँड्दै बाहिरिए मोदी

सफल खबर संवाददाता

मंगलबार, ३० साउन २०८०, २१ : ५१
४५ कामको सूची बाँड्दै बाहिरिए मोदी

काठमाडौँ । ६ महिना २६ दिनमा बाहिरिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको ठाउँमा नियुक्त भएकी छिन् अनिता देवी साह । सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त मन्त्री साहलाई स्वागत गर्दै गर्दा तत्कालीन मन्त्री मोदीलाई सँगसँगै बिदाइ गर्‍यो । 

मन्त्रालयका कर्मचारीसहित ठुलो सङ्ख्यामा उपस्थित सञ्चारकर्मीहरूको उपस्थिति रहेको स्वागत तथा बिदाइ समारोहमा मन्त्री मोदीले आफूले सम्पादन गरेका कामको फेहरिस्त प्रस्तुत गरे । आफ्नो कार्यकालमा भएका मुख्य मुख्य कामहरूलाई ४५ वटा बुँदामा प्रस्तुत गरे । 

नवनियुक्त मन्त्री साहले निकै छोटोमा ‘जनतालाई सहज ढङ्गले सेवा प्रवाह गर्नु पहिलो प्राथमिकता’ रहेको बताई रहँदा तत्कालीन मन्त्री मोदीले भने आफ्नो कार्यकाल अत्यन्त उपलब्धिमूलक भएको बताए ।

सरुवा र मन्त्रालयका कर्मचारीसँगको सम्बन्धबारे निकै आलोचना खेपेका मन्त्री मोदीले कर्मचारीसँग काम लिन नजान्दा आफै बिलखबन्दमा परेका थिए । मोदीले के गरे ? के गरेनन् ? कर्मचारीले कसरी सम्झिन्छन् ? त्यो भने कर्मचारीकै जिम्मामा छोड्नु पर्छ र उनले गरेको भनिएको कामहरू यस्ता छन् : 

प्रतिक्रिया दिनुहोस