शान्ति, प्रगति र समृद्धिको कामना गर्दै भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री प्रचण्डले दिए शुभकामना

सफल खबर संवाददाता

मंगलबार, ३० साउन २०८०, ११ : ५६
शान्ति, प्रगति र समृद्धिको कामना गर्दै भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री प्रचण्डले दिए शुभकामना

काठमाडौँ।भारतको ७७औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।उनले सामाजिक सञ्जालमार्फत् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सम्पूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गरेका हुन् ।

बधाई तथा शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले भारत र भारतीय जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेका छन् ।भारतले हरेक वर्ष अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।