साढे ६ लाख टन खाद्यान्न आयात गर्न सरकारले लेख्यो भारतलाई पत्र

पत्रपत्रिकाबाट

मंगलबार, ३० साउन २०८०, ०८ : २८
साढे ६ लाख टन खाद्यान्न आयात गर्न सरकारले लेख्यो भारतलाई पत्र

काठमाडौ । सरकारले भारतबाट साढे छ लाख टन खाद्यान्न (चामल, धान र चिनी) आयात गर्न लागेको छ ।

उद्योग,  वाणिज्य  तथा  आपूूर्ति  मन्त्रालयले  बजारमा आपूूर्ति व्यवस्था सहज बनाउन छ लाख ५० हजार टन खाद्यान्न आयात गर्न लागेको हो । 

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा हुन सक्ने अभावलाई ध्यानमा राखेर गरेर आयात गर्न लागिएको हो ।

मन्त्रालयले एक लाख टन चामल, पाँच लाख टन धान आयात गर्न पत्राचार गरेको जनाएको छ । यस्तै  ५०  हजार  टन  चिनी  आयातका  लागि  परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्राचार गरेको  जनाएको  छ  ।  

मन्त्रालयका  प्रवक्ता  एवं  सहसचिव राधिका अर्यालले साढे छ लाख खाद्यान्न आयात  गर्न  भारत  सरकारलाई  अनुुरोध  गरे  पनि  कति दिने भनेर निर्णय भइनसकेको बताइन् । गोरखापत्रमा खबर छ । 

प्रतिक्रिया दिनुहोस