सबैभन्दा शक्तिशाली एन्ड्रोइड स्मार्टफोन NOKIA 8 सार्वजनिक

एजेन्सी

विहीबार, ०६ पुस २०७४, १९ : २६
सबैभन्दा शक्तिशाली एन्ड्रोइड स्मार्टफोन NOKIA 8 सार्वजनिक


फिनल्याण्डको कम्पनी एचएमडी ग्लोबलले लण्डनको एक कार्यक्रममा आफ्नो फ्ल्यागशिप स्मार्टफोन नोकिया एट सार्वजनिक गरेको छ । यो दुनियाँको पहिलो एन्ड्रोइड स्मार्टफोन हो जसमा कार्ल जीस   लेन्सको प्रयोग गरिएको छ । यो अहिलेसम्मको सबैभन्दा शक्तिशाली एन्ड्रोइड स्मार्टफोन दाबी गरिएको छ । फोनमा १३ मेगापिक्सलको डुअल रियर क्यामरा दिइएको छ । दुबै क्यामरामा कार्ल जीस लेन्सको प्रयोग गरिएको छ । फोनको फ्रन्ट क्यामरा पनि निकै शक्तिशाली छ । यसका साथै, फोनमा ४ जीबी र्यामका साथै ६४ जीबी इन्टरनल मेमोरी दिइएको छ ।

एकै पटक काम गर्नेछ रियर र फ्रन्ट क्यामराः
– एचएमडी ग्लोबलले नोकिया ८ मा कार्ल जीस क्यामराका साथै ‘बोथीज’ प्रविधिको प्रयोग गरेको छ ।
– कम्पनीका अनुसार यो प्रविधिबाट प्रयोगकर्ताले फ्रन्ट र रियर क्यामराका साथै एकैपटक भिडियोको फोटो क्लिक     गर्न सक्नेछ ।
– यो विशेषताको प्रयोगबाट फेसबुक लाइभ, युट्युब लाइभ वा अन्य प्लेटफर्ममा मद्दत मिल्नेछ ।
– यतिबेला प्रयोगकर्ता दुबै क्यामराका साथै फूल एचडी भिडियोको लाइभ स्ट्रिमिङ गर्न सक्नेछन्  ।

शक्तिशाली छन् रियर र फ्रन्ट क्यामराः
– नोकिया एटमा १३ मेगापिक्सेलको डुअल रियर क्यामरा दिइएको छ जुन ारद्द।ण् च्न्द्य  र मोनोक्रोम सेन्सरसहित आउँछन् ।
– फोटोको क्वालिटी उत्कृष्ट बनाउनका लागि यसमा लेजर फोकसका साथै डुअल–टोन एलइडी फ्ल्याश दिइएको छ ।
– फोनको दुबै क्यामराको सहयोगले प्रयोगकर्ताले द्धप् ९घडद्धण् × द्दज्ञटण् पिक्सल० रिजोलुशन क्वालिटीको भिडियो बनाउन सक्नेछन् ।

इशयअडियो क्वालिटीको प्रयोगः
– म्युजिक एक्सपिरियन्सलाई उत्कृष्ट बनाउनका लागि फोनमा इशय अडियो प्रविधिको प्रयोग गरिएको छ ।
– फोनको प्रयोग ख्च्  हेडसेटमा गरियो भने प्रयोगकर्ताले ३६० अडियो क्वालिटी पाउनेछन् ।
– यद्यपी, यो विशेषताको प्रयोग कुनै थर्ड पार्टी एप्समा गर्न सकिँदैन ।

नोकिया एटका अन्य विशेषताः
– फोनमा ५।३ इन्चको एलसीडी डिस्प्ले स्क्रिन दिइएको छ । जसको द्दप् ९द्दण्द्धड×ज्ञण्डण्  पिक्सेल० रिजोलुशन छ ।
– स्क्रिनमा सुरक्षा दिनका लागि कार्निङ्ग गोरिल्ला ग्लास फाइभ को प्रोटेक्शन दिइएको छ ।
– यसमा क्वालकाम स्न्याड्र्यागन ८३५ प्रोसेसर दिइएको छ जसको स्पिड ज्ञ।डन्ज्श अक्टा– कोर छ ।
– फोन ४ जीबी र्याम र ६४ जीबी इन्टरनल मेमोरीसहित आएको छ । र्याम र मेमोरीको दोस्रो भेरियन्ट छैन ।
– साथै, फोनमा २५६ जीबी मेमोरीसम्मको माइक्रोएसडी कार्ड लगाउन सकिन्छ ।
– यसमा घण्ढण्mब्ज को ब्याट्रि दिइएको छ । यो क्विक चार्जिङ टेक्नोलोजीलाई सपोर्ट गर्दछ ।
– यसका साथै, फोनमा ग्क्द्य ग्क्द्य घ।ज्ञ त्थउभ(ऋ पोर्ट हुनेछ । यस्तै, घ।छmm हेडफोन ज्याक पनि दिइएको छ । 
– यसमा ब्लूटूथ ५।०, एनएफसी र सेक्युरिटीका लागि फिंगरप्रिन्ट स्क्यानर दिइएको छ ।

मूल्य र उपलब्धताः
– यसमा एल्युमिनियम बडी दिइएको छ । फोनलाई    क्ष्एछद्ध सर्टिफिकेट दिइएको छ ।
– यो ग्लोसी पोलिश कपर, पोलिश ब्लू, टेम्पर्ड ब्लू र स्टिल फिनिशका चार रङमा उपलब्ध छन् ।
– यो स्मार्टफोन सेप्टेम्बर महिनामा संसारभरी किन्न सकिन्छ ।
– यसलाई ५९९ युरो अर्थात् ७२ हजार रुपैयाँसहित लञ्च गरिएको छ ।

प्रतिक्रिया दिनुहोस