गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री पाण्डेले सरकारले प्रदेश आमसञ्चार विधेयक ल्याउने तयारी गरिरहेको बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्रदेशद्वारा सञ्चालित कञ्चन पत्रकारिता पुरस्कार अर्पण समारोहमा उनले यही आर्थिक वर्षमा सञ्चार विधेयक दर्ता गर्ने तयारी भएको जानकारी दिए ।
“मलाई कसैलाई नियमन गर्नु छैन, त्यसैले पत्रकार साथीहरुको केही कुरा छलफलबाट पारित भएपछि अगाडि बढ्छ”, उनले भने, “पत्रकारले स्वच्छ र स्वतन्त्र पत्रकारिता गर्ने वातावरण सिर्जना गर्नु अपरिहार्य छ ।” पछिल्लो समय स्वतन्त्रतका नाममा सामाजिक सञ्जालमा अराजकता फैलिएको टिप्पणी गर्दै मुख्यमन्त्री पाण्डेले भने, “सोसल मिडिया स्वतन्त्रताको नाममा अहिले अराजक भएको छ, यसले पत्रकारिता स्वनियमन हुनुपर्ने हो तर त्यो भएको देखिएन ।”
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८०’ बाट हुमबहादुर तमु (कास्की) र सुन्दरकुमार थकाली (मुस्ताङ) लाई अर्पण गरिएको हो फोनिजको २४ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा वितरण गरिएको उक्त पत्रकारिता पुरस्कारको राशि नगद २५ हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्र रहेको छ ।
सो पुरस्कारबाट यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना र लमजुङका आश गुरुङ पुरस्कृत भइसकेका छन् ।
पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व बाबुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । रु पाँच लाखदेखि सुरु गरिएको यस अक्षयकोषमा गुभाजु परिवारले प्रत्येक वर्ष रु एक लाखका दरले थप गर्दै यतिखेर अक्षयकोषमा रु नौ लाख पुगेको छ । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील दुईजना पत्रकारलाई वार्षिकरुपमा प्रदान गरिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ साउन २०८०, २१ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीमा घट्दै बर्खे धान खेती
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
गण्डकी प्रदेश सभा : आजदेखि बजेटमा छलफल
स्थानीय तहका छ वटा अस्पताल प्रदेश सरकार मातहत ल्याउन पहल
यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता