काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निरन्तर संसद् अवरुद्ध खुलाउन पार्टीले पहलकदमी लिनु पर्ने बताएका छन । संसद अबरोध गर्नु उचित नभएको भन्दै ठुलो दलको हैसियतमा कांग्रेसले अबरुद्ध संसद खुलाउन पहलकदमी लिनु पर्ने बताएका हुन ।
कांग्रेस काठमाडौं क्षेत्र नं १ ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले सम्वादमार्फत् संसद् सुचारु गर्न प्रतिपक्षी दल नेकपा एमालेले सबैभन्दा बढी त्याग गर्नु पर्ने बताए । ‘प्रमुख प्रतिपक्षी दलले निरन्तर संसद अबरोध गरिरहेको छ, यो संसद अबरुद्ध भईरहनु राम्रो कुरा होइन, अब ठुलो दलको हैसियतमा कांग्रेसले नै संसदको अबरोध हटाउन पहल गर्नुपर्छ,’ सिंहले भने।
बिगतमा पनि कांग्रेसले नै अगुवाइ गरेर धेरै बिषयको राजनीतिक गतिरोध अन्त्य भएको स्मरण गराउँदै सिंहले तत्कालै यसका लागि पहल गर्नुपर्ने बताए । १०० केजी सुन प्रकरण भन्सारवाट निकाले पछि राजश्व अनुसन्धान बिभागले समाएको थियो । साउन पहिलो साता समातेको सो सुन अघि पनि सयौं केजी सुन तस्करीमार्फत आएको जनाउँदै प्रतिपक्षी दल एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद अबरुद्ध गर्दै आएको छ । जसकाकारण संसद सुचारु हुन नसकिरहेको बेला कांग्रेस नेता सिंहको सो भनाई बाहिर आएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ साउन २०८०, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रकाशमान सिंहको घर र गाडी जलेर ध्वस्त
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह
आयआर्जन अवसरसहितको बस्ती विकास गरौँ: प्रकाशमान सिंह