काठमाडौं । सिम्रिक एयरले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ४३ लाख रुपैयाँ बक्यौता बुझाएको छ। पटक पटक ताकेता गर्दा पनि बक्यौता रकम नतिरेको र आर्थिक संकटमा परेको भन्दै प्राधिकरणले शुक्रबारदेखि अनिश्चितकालका लागि सिम्रिकको उडान रोकेको थियो।
उडानमा रोक लगाएपछि सिम्रिकले आर्थिक वर्ष २०७९/०८० को ४३ लाख बक्यौता शुक्रबार बुझाएको प्राधिकरणले जनाएको छ। रोकेको उडान खुलाउने विषयमा भने थप निर्णय आउन बाकी रहेको प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ साउन २०८०, ११ : २४
लेखकबाट थप