काठमाडौं। ‘नागरिकको गोप्य सूचना दिन एनसेल तयार’ शीर्षकमा प्रकाशित समाचारप्रति एनसेलले खण्डन गरेको छ ।बिहीवार (साउन २५) ‘नागरिकको गोप्य सूचना दिन एनसेल तयार’ शीर्षकमा एक राष्ट्रिय दैनिक पत्रिका र सोही पत्रिकाको अनलाइन न्यूज पोर्टलमा प्रकाशित समाचारको खण्डन गर्दै एनसेलले घोर भर्त्सना गरेको । नेपाली जनतालाई भ्रममा पार्न तथ्यलाई गलत ढंगले व्याख्या गरिएको एनसेलले जनाएको छ ।
‘यो कम्पनीको प्रतिष्ठामा आँच पुऱ्याउने गम्भीर प्रयास भएको र केही सीमित समूहको निहित स्वार्थ पूरा गर्न कम्पनीलाई सिकार बनाइएको हो’ एनसेलले समाचारको खण्डन गर्दै भनेको छ । यस्ता झुटा, आधारहीन, भ्रामक र असन्तुलित सूचनाबाट भ्रममा नपर्न सबैमा अनुरोधसमेत गरिएको छ ।साथै एनसेलले सोही समाचारका सम्बन्धमा केही विषयलाई स्पष्ट पारेको छ ।
हामी ग्राहकहरूका डाटा, गोपनीयता र सुरक्षालाई सदैव उच्च प्राथमिकता दिन्छौं । समाचारमा उल्लेख भएझैँ हाम्रा ग्राहकहरूको कुनै पनि डाटामा प्रत्यक्ष वा अप्रत्यक्ष पहुँचका लागि कहिल्यै कसैलाई कानूनविपरीत अनुमति दिइएको छैन । न त हामी कुनै पनि निकायलाई त्यस्ता वैयक्तिक डाटामा पहुँच प्रदान गर्न सहमत नै भएका छौं ।
एनसेलले आफ्नो सिस्टमलाई समाचारमा उल्लेख भएझैं टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)सँग इन्टिग्रेट/कनेक्ट अर्थात जोडेको छैन। कुनै पनि परिस्थितिमा हामी हाम्रा ग्राहकहरूसँग सम्बन्धित डाटामा सम्झौता गर्दैनौं र कुनै पनि अनधिकृत वा गैरकानूनी उद्देश्यका लागि त्यस्तो जानकारी प्रयोग गर्नबाट रोक्छौं ।
हामी टेरामक्सको कार्यान्वयन, इन्टिग्रेसनसँगै यसले कम्पनी र ग्राहकहरूको गोपनीयतामा पार्न सक्ने सम्भावित प्रभावबारे प्राविधिक अध्ययन गरिरहेका छौं । ग्राहक गोपनीयताको रक्षा गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो ।
टेरामक्स अध्ययनको निष्कर्षका आधारमा हाम्रो निर्णय हुनेछ । जबसम्म हामी यो प्रविधिबारे स्पष्ट हुँदैनौं, तबसम्म हाम्रो सिस्टम इन्टिग्रेट हुनेछैन र ग्राहक गोपनीयतासँग सम्बन्धित कुनै पनि डाटा कुनै पनि पक्षलाई दिनेछैनौं ।
एनसेल नेपालको प्रचलित कानुनबमोजिम स्थापना भएको कम्पनी हो र ग्राहकको गोपनीयतामा कम्पनीले नेपालको कानुन पूर्ण पालना गर्दै आएको छ । ग्राहक गोपनीयताको सम्मान र संरक्षण हाम्रो व्यवसायको जग हो । हामी यसलाई दायित्वको रूपमा मात्रै नभई हामीमाथि विश्वास र भरोसा कायम राख्ने एक प्रमुख कडीको रूपमा हेर्छौं ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ साउन २०८०, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनसेल र ईएन्ड इन्टरनेसनलबिच समझदारी
एनसेलले तिर्यो सबैभन्दा बढी दूरसञ्चार कर, आरटीडीएफमा योगदान गर्नेमा पनि अग्रस्थानमा
सामसङ ग्यालेक्सी एस-२४ अग्रिम बुकिङ गर्ने ग्राहकले एनसेलको स्पेशल लक्स नम्बर लिन पाउने
एनसेलविरुद्ध अमरेशको रिटमा कारण देखाऊ आदेश जारी
एनसेलविरुद्ध डा.अमरेशले दायर गरेको रिट न्यायाधीश सुवेदीको इजलासमा
जसपाले एनसेल प्रकरणको छानबिनको लागि संसदीय समिति गठन गर्न सरकारलाई सुझाव दिने