प्रमुख प्रतिपक्ष दलको अवरोध पछि राष्ट्रियसभा बैठक स्थगित

सफल खबर संवाददाता

शुक्रबार, २६ साउन २०८०, १२ : २५
प्रमुख प्रतिपक्ष दलको अवरोध पछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । शुक्रबार ११ बजे बसेको बैठकमा तस्करीको सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन माग प्रमुख प्रतिपक्ष दलले बैठकमा अवरोध गरेको हो ।

एमालेले गरेको बैठक अवरोधको विरोधमा सत्तापक्षका सांसदहरु पनि उभिएका थिए । बैठकको आकस्मिक समयमा सांसदहरुले आफ्नो भनाई राखेपछि बैठक अवरुद्ध भएको थियो ।झन्डै १० मिनेट सत्तापक्ष र प्रतिपक्षका सांसदहरु बैठकमा उभिएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरेका हुन् ।