युवा दिवसको अवसरमा राष्ट्रिय युवा सम्मेलन, देशभरका २२० जनाले सहभागिता जनाउने

सफल खबर संवाददाता

विहीबार, २५ साउन २०८०, १६ : ३०
युवा दिवसको अवसरमा राष्ट्रिय युवा सम्मेलन, देशभरका २२० जनाले सहभागिता जनाउने

काठमाडौं। नेपाल युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा काठमाडौँमा ३ दिवसीय आवासीय राष्ट्रिय युवा सम्मेलन आयोजना गर्ने भएको छ । संयुक्त राष्ट्र संघले यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा तय गरेको 'युवाका लागि हरित दक्षता  : दिगो भविष्यतर्फको यात्रा' नाराका साथ परिषद्ले सम्मेलन गर्न लागेको हो ।  

 

काठमाडौंको मध्य बानेश्वरस्थित ग्लोबल कलेजको सभा हलमा साउन २५ गतेदेखि २७ गतेसम्म चल्ने सम्मेलनको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्ने युवा परिषद्‍ले जनाएको छ । सम्मेलनको समापन भने उपसभामुख इन्दिरा राणा मगरले गर्ने छिन् । 

 

सम्मेलनमा उच्च पदस्थ राजनीतिज्ञ, युवा संसद्, उद्यमी, युवा अभियन्ता लगायतले विभिन्न विषयवस्तुमा युवाको भूमिका र सरोकारमा आधारित सम्बोधन गर्ने कार्यक्रम छ ।सम्मेलनमा मुख्यगरी युवाको लागि दिगो विकास लक्ष्यहरू, जलवायु परिवर्तनको लागि पहल , लैंगिक समानता, युवा उद्यमशीलता, निर्वाचनना युवा र  सुशासन गरी ६  वटा प्रमुख पक्षमा विषयविज्ञहरूको प्रस्तुति तथा सहभागीहरूद्वारा अन्तरक्रिया र गहन छलफल गरिने  परिषद्ले जनाएको छ । 

 

सम्मेलनमा देशभरका ७७ वटै जिल्लाबाट १ जना पुरुष र १ जना महिला गरी १५४ जना र विशिष्ट लैङ्गिक अभिमुखिकरण तथा विशिष्ट क्षमता भएका ६६ जना युवाहरू गरी जम्मा २२० जनाले सहभागिता जनाउने छन् ।

परिषद्ले सन् २०१५ देखि निरन्तर अविचलित देशभरका सक्रिय,होनहार तथा सचेष्ट युवाहरूलाई काठमाडौंमा ल्याएर युवाको सम्बन्धमा विभिन्न उपलब्धिमूलक  कार्यक्रमहरू गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस