एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनलाई फेसबुकमार्फत् धम्की दिँदै आएका एक व्यक्तिलाई एफबीआईको टोलीले गोली हानेर मारेको छ ।
बाइडेन युटाह राज्यको भ्रमणमा जानुभन्दा केही घण्टा अगाडि अमेरिकाको गुप्तचर निकाय एफबीआईको टोलीले क्रेग रोबर्टसन नामका व्यक्तिलाई युटाहस्थित उनकै घरमा गोली हानेर मारेको हो ।
एफबीआईका अनुसार साल्ट लेक सिटीको दक्षिणमा पर्ने प्रोवो भन्ने स्थानमा रोबर्टसनकै घरमा उनीमाथि गोली प्रहार भएको थियो ।
एफबीआईको टोली उनलाई पक्रन गएको बेला गोली चलेको बीबीसीले जनाएको छ । यस घटनाबार थप विवरणहरु सार्वजनिक भएको छैन ।
ती व्यक्तिले फेसबुक वालमा बाइडन र बन्दुकका फोटाहरु राख्दै मार्ने धम्कीसहितका दर्जनौं स्टाटस राखेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २५ साउन २०८०, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिले आह्वान गरे संसद्का दुवै सदनको अधिवेशन
राष्ट्रपतिको ‘सेफल्यान्डिङ’ रोडम्याप !
राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै राजनीतिक नियुक्ति पाएका १ हजार ५९४ पदाधिकारी पदमुक्त
राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, के भयो कुराकानी ?
राष्ट्रपतिले फेरि जारी गरे अर्को अध्यादेश
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा : प्रधानमन्त्रीसँगै छलफलको तयारीमा राष्ट्रपति