काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेपाल विद्यार्थी संघका दुई समूहबीच नाराबाजी भएको छ। दुजाङ शेर्पा नेतृत्वको नेविसंघ संस्थापन पक्ष र नेविसंघ असन्तुष्ट पक्षबीच बुधबार दिउँसो नाराबाजी भएको हो।
सभापति शेरबहादुर देउवाले सोमबार बेलुकी नेविसंघ ७१० सदस्यीय मनोनीत गरेका थिए। असन्तुष्ट पक्षले सानेपामा बुधबार समानान्तर समिति गठन गर्न विद्यार्थी भेला गरेपछि दुई समूहले नाराबाजी गरेका हुन्।
कांग्रेस कार्यालय सानेपामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ साउन २०८०, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीविरुद्ध राष्ट्रियसभामा नाराबाजी, बैठक स्थगित
प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको नाराबाजी