काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकता ऐनको प्रभावकारी कार्यान्वयन गराउन छिट्टै नियमावली ल्याउने बताएका छन् । बुधबार ललितपुरमा आयोजित नेपाल नागरिकता ऐनको कार्यान्वयनको अवस्था सम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री श्रेष्ठले ऐनको प्रभावकारी कार्यान्वयन गराउन समन्वयन गर्ने बताए । तर, नियमावलीमा नेपाली महिलाले विदेशी नागरिकसँग विवाह गरे तिनका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने मागलाई भने संविधान र कानूनले नै नचिन्ने स्पस्ट पारे ।
उनले भने, ‘नेपाली नागरिक महिलाले विदेशी बाबुसँग विवाह गरेको अवस्थामा तिनका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्छ भन्ने कुरा अहिले संविधान र कानुनसँग मेल खाँदैन । त्यसकारण नियमावलीमा त्यसलाई व्यवस्था गर्न सकिँदैन् । अरु सबै समितिले भनेको व्यवस्था हुन्छ । खाली ऐनलाई सरलीकृतमात्रै गरिएको छ अहिले । पहिला अंगिकृत नागरिकता लिन निस्सा चाहिन्थ्यो अहिले अहिले स्वघोषणा भए पुग्छ ।’
गृहमन्त्री श्रेष्ठले ऐनमा नेपाली महिला र विदेशी नागरिकबाट भएका सन्तानले नेपालमै बस्छु भनेमा उसलाई आमाको नामबाट अंगीकृत नागरिकता सरल रूपमा प्रदान गर्ने र त्यस्मा लामो समयबाट धेरै छलफल र बहस हुँदै आएकाले समस्या नहुने धारणा राखे । त्यस्तै उनले नेपाल नागरिकता ऐन जारी भएपछि ठूलो संख्यामा जन्मसिद्धको सन्तानले नागरिकता लिनको लागि आवेदन दिएकाले लामो लाइन कुर्नुपर्ने परिस्थिति आएकाप्रति ध्यानाकर्षण भएको बताए ।
सकेसम्म सहज र छोटो समयमा उनीहरूलाई नागरिकता प्रदान गर्न सरकारले पहल गर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ साउन २०८०, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्तामा टाँसिइरहने हाम्रो ध्यान छैन : गृहमन्त्री अर्याल
गृहमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको प्रश्न- ठूला दललाई पाखा राखेर चुनाव हुन्छ ?
निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल
गृहमन्त्रीद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन
देशको सुरक्षा अवस्थालाई सामान्य बनाउन सरकार सफल : गृहमन्त्री अर्याल
गृहमन्त्रीलाई जेन-जीले भने- भदौ २३ र २४ गतेका घटनाका दोषीलाई कारबाही गर्नुस्