जनकपुरधाम । सर्लाही र रौतहटको सीमा भएर बग्ने बाग्मती र लालबकैया नदीको बाढीले खतराको तह पार गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जनाएको छ । उनले बागमती र लालबकैया त्यस आसपास बस्ने स्थानीवासीहरुलाई सतर्कता अपनाउन उनले आग्रह गरेको छ ।
उनका अनुसार जिल्लामा अहिलेसम्म बाँध भत्केको अथवा डुबानमा परेको अवस्था छैन । तर पनि वृन्दावन नगरपालिका वडा नं।१ मा बागमती खोलाको स्थान ठुलो रहेकोले त्यस आसपासका स्थानीयहरू प्रभावित भएको जानकारी आएको उनले जनाएको छ ।
उनले त्यस आसपास तट्बन्ध खोला पट्टी घर बनाएर १५-२० जना बसिरहेको छ । उनीहरू डुबानमा पर्ने बुझिएकोले त्यहाँ उद्धार टोली पठाइएको प्रजिअ मिश्रले जनाएको छ। ‘अहिले म फिल्डमै छु,’ उनले भने, प्रभावित क्षेत्रहरूमा निरीक्षण गर्दैछु ।’
यता बाढी पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको सूचना अनुसार बाग्मतीको पधेंरादोभान (कर्मैया) जलमापन केन्द्रमा बाढीले खतराको तह पार गरेको देखाएको हो । बाढीको सतह बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
बागमतीमा नदीमा पानीको सतह बढेपछि ब्यारेजको ३५ वटै ढोका खोलिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवका अनुसार बागमती नदीमा खतराको तह ६.८ मिटर पार गरेर ७.८१ मिटर पुगेको र अझै बाढी बढिरहेको देखाएको छ । तर, अहिलेसम्म जिल्लामा बाढीले खासै क्षति भएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ साउन २०८०, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
बागमती प्रदेशसभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदै
बागमतीका प्रमुख सचिव बाबुराम अधिकारीको मनपरी: विकास ठप्प पार्दै, प्रश्न उठानेलाई धम्क्याउँदै
बागमती प्रदेशसभा बैठक बस्दै