प्रिमियम मूल्यमा खुल्यो रिलायबल लाईफको आईपीओ, यस्तो छ वित्तीय अवस्था

सफल खबर संवाददाता

मंगलबार, २३ साउन २०८०, १२ : २३
प्रिमियम मूल्यमा खुल्यो रिलायबल लाईफको आईपीओ, यस्तो छ वित्तीय अवस्था

काठमाडौँ । आजदेखि रिलायबल लाईफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रिमियम मूल्यमा सर्वसाधारणलाई आईपीओ बिक्री खुलाएको हो ।

आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने सेयर सर्वसाधारणलाई बिक्री गर्ने छ । यसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित १ करोड २० लाख कित्ता आईपीओमा १५७ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता २५७ रुपैयाँमा बिक्रीमा ल्याएको हो ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आईपीओ आवेदन खुलाइसकेको छ । वैदेशिक रोजगारीमा गएकाहरूलाई १० प्रतिशतले हुन आउने १२ लाख कित्ता सेयर छुट्टाइएको थियो । यसबाहेक, कर्मचारी र सामूहिक लगानी कोषलाई समान ६÷६ लाख कित्ता सेयर छुट्टाइएको छ ।

बाँकी रहेको ९६ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सर्वसाधारणले यही साउन २६ गतेसम्ममा आवेदन दिन सक्नेछन् । यस अवधिमा मागअनुसारको आवेदन नपरेमा भदौ ५ गतेसम्मलाई समय थप गरिने सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस