काठमाडौ । काठमाडौं उपत्यकामा बागमती नदीको बाढीले खतरा तह पार गरेको छ। यसैगरी विष्णुमती, धोवीखोला, मनोहरालगायतमा पनि जलसतह बढ्दो छ रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले आज बिहान ८ बजे सूचना जारी गरी भनेको छ, बागमती नदी खोकना, ललितपुर बाढीमापन केन्द्रमा जल सतहले खतरा तह पार गरेको र बढ्दो रहेकाले बागमतीको नदीतटीय क्षेत्रमा रहनुहुनेहरूले आज दिउँसोसम्म उच्च सतर्कता अपनाऔँ।
यसैगरी बिहान साढे ७ बजे जारी अर्काे सूचनामा भनिएको छ, हाल काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, धोवीखोला, मनोहरा लगायतमा जलसतह बढ्दो छ र खतरा तह पुगेकाले नदीतटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाऔँ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ साउन २०८०, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती नदी करिडोरलाई उज्यालो बनाइने, सिसिटिभीमार्फत निगरानी
बागमतीमा साढे ७ अर्ब बजेट कटौती
बागमती सरकारले चालू आवको बजेट पुनरावलोकन गर्ने
बागमतीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ
बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
बागमतीमा आइतबार सार्वजनिक बिदा