काठमाडौ । काठमाडौं उपत्यकामा बागमती नदीको बाढीले खतरा तह पार गरेको छ। यसैगरी विष्णुमती, धोवीखोला, मनोहरालगायतमा पनि जलसतह बढ्दो छ रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले आज बिहान ८ बजे सूचना जारी गरी भनेको छ, बागमती नदी खोकना, ललितपुर बाढीमापन केन्द्रमा जल सतहले खतरा तह पार गरेको र बढ्दो रहेकाले बागमतीको नदीतटीय क्षेत्रमा रहनुहुनेहरूले आज दिउँसोसम्म उच्च सतर्कता अपनाऔँ।
यसैगरी बिहान साढे ७ बजे जारी अर्काे सूचनामा भनिएको छ, हाल काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, धोवीखोला, मनोहरा लगायतमा जलसतह बढ्दो छ र खतरा तह पुगेकाले नदीतटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाऔँ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ साउन २०८०, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
बागमती प्रदेशसभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदै
बागमतीका प्रमुख सचिव बाबुराम अधिकारीको मनपरी: विकास ठप्प पार्दै, प्रश्न उठानेलाई धम्क्याउँदै
बागमती प्रदेशसभा बैठक बस्दै