५० हजार मेट्रिक टन चिनी खरिद गर्ने तयारी

पत्रपत्रिकाबाट

मंगलबार, २३ साउन २०८०, ०७ : ३८
५० हजार मेट्रिक टन चिनी खरिद गर्ने तयारी

काठमाडौ । सरकारले   चिनीको   भाउमा   देखिएको   अनियमितता   र   मनलाग्दी   रूपमा   कायम   गरिएको मूल्य नियन्त्रण गर्न चिनी खरिदको तयारी गरेको छ ।

उद्योग,  वाणिज्य  तथा  आपूर्ति  मन्त्रालयले  अहिलेको मूल्य र नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर ५० हजार मेट्रिक टन चिनी खरिद गर्ने तयारी गरेको हो । 

सरकारले नेपाल र भारतीय सरकारबिच (जिटुजी) मार्फत समझदारी गरेर चिनी खरिद गर्ने गरी तयारी भएको वाणिज्य, आपूर्ति तथा  उपभोक्ता  संरक्षण  विभागका  महानिर्देशक  गजेन्द्रकुमार ठाकुरले जानकारी दिए । गोरखापत्रमा खबर छ ।