चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड बन्द भएको छ।
इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक बन्द भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आज बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी नै बन्द भएको हो।
पहिरो पन्छाउन तयारी भइरहेको उनले जानकारी दिए।
पहिरोका कारण सडक बन्द भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन्। यस सडक खण्डमा पटक–पटक पहिरो खस्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ साउन २०८०, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कान्तिलोकपथमा ट्रक पल्टिँदा सडक पूर्णरूपमा अवरुद्ध
सडक निर्माणका २५ ठेक्का एकसाथ तोडियो
पाँच वर्षमा ६ पटक म्याद थपिएपछि सडक कालोपत्र गरिँदै
दाउन्नेमा लामो जाम, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
'अत्यावश्यक काम नपरी नारायणगढ-मुग्लिन-मलेखु सडकमा यात्रा नगर्नू'
मुग्लिन नारायणगढ सडक सञ्चालन