काठमाडौ । तारकेश्वर नगरपालिका–५ चो गाउँमा गएराति स्थानीय गणेश तामाङको एकतले जस्ताले छाएको घर पहिरोले पुर्दा तामाङ र उनकी छोरीको मृत्यु भएको हो।
शनिबार राति करिब ९ बजे माथिबाट खसेको पहिरोले घर पुरिँदा घरमुली ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आसमा तामाङको मृत्यु भएको प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले जानकारी दिए।
घटनामा तामाङकी पत्नी ३५ वर्षीया सञ्जु तामाङ घाइते भएकी छन्।
‘उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ,’ डीएसपी कुँवरले भने, ‘पहिरोले घर पुरिँदा बाबुको घटनास्थलमै र छोरीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमै मृत्यु भएको हो।’
घटनाको खबर पाउनासाथ बालाजु बृत्तबाट डीएसपी कुँवरको नेतृत्वमा पुगेको प्रहरी टोलीले घाइतेलाई उद्दार गरी अस्पताल पुर्याएको थियो। घरमा चार जना बस्दै आएका भएपनि तामाङ दम्पतीका छोरा घर बाहिर रहेकाले जोगिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ साउन २०८०, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध